काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो ।
यसले नियमावलीको मस्यौदा तयार पारेको हो । समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल सदस्य रहेका छन् ।
यस्तो छ मस्यौदा :
अब प्रतिनिधिसभामा फोटो/भिडियो खिच्न नपाइने !
नयाँ बनाउन लागिएको प्रतिनिधिसभा नियमावलीको मस्यौदामा बैठककक्षमा फोटो भिडियो खिच्न नपाइने व्यवस्था राखिएको छ ।
समितिले मंगलबार सभामुखलाई बुझाएको प्रतिवेदनमा नियम २० मा बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ । उपनियम ‘ट’मा भनिएको छ, “बैठककक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।”०७९ को नियमावलीमा फोटो, अडियो र भिडियो खिच्न नपाउने व्यवस्था थिएन ।

बैठककक्षमा फोन साइलेन्समा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने व्यवस्था राखिएको थियो । नियमावली समितिले बनाएको प्रतिवेदन प्रतिनिधिसभाबाट लागु भएपछि मात्रै कार्यान्वयमा आउनेछ ।
