काठमाडौं । नेकपा एमालेले पनि गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेको छ ।
उनीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न पनि एमालेको माग छ । यसअघि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि गृहमन्त्रीको राजीनामा मागिसकेको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा तानिएका विवादास्पद व्यवसायी दीपक भट्टलगायतसँग अस्वाभाविक साझेदारी गरेर अकुत सम्पत्ति आर्जेको आरोप गृहमन्त्री गुरुङमाथि लागेको छ । तर गुरुङले भने आरोप इन्कार गरिरहेका छन् ।
