काठमाडौं । प्रतिनिधिसभा सदस्यलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी गरिएको छ ।
बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरूसँग सांसदलाई कूटनीतिक राहदानी दिनेबारे हालको कानुनी व्यवस्थाबारे छलफल गरेका छन् ।
सांसदहरूले कुटनीतिक राहदानीको माग गरे पनि कसरी सहज बनाउने भन्नेबारेमा छलफल भएको राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिइन् ।
ऐन र नियम–कानुनभन्दा बाहिर गएरभन्दा पनि विद्यमान कानुनी व्यवस्थालाई नै परिमार्जित गर्ने विषयमा छलफल भएको ओलीले बताइन् ।
राहदानी ऐनमा सरकारी कार्यक्रम वा विशेष काममा जाँदा तोकेका पदाधिकारीले मात्रै कूटनीतिक राहदानी पाउने व्यवस्था छ ।
