थापाथलीस्थित बागमती नदी किनारामा रहेका संरचना भत्काइएको छ। सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउन थालेपछि आज बिहानबाट त्यहाँ उक्त क्षेत्रका नागरिक हिँडेका हुन्।
सुकुम्बासी बस्ती हटाउन सरकारले आजदेखि डोजर चलाउन सुरु गरेको थियो। बस्तीबाट हटाइपछि हालसम्म आफू घरवारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सम्भावित झडपलाई मध्यनजर गर्दै आज बिहानैदेखि थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ।
सुरक्षाकर्मीहरूले बस्ती भत्काउने मात्र नभई, बिहानैदेखि स्थानीयलाई आफ्ना व्यक्तिगत सामान र धनमाल सुरक्षित स्थानमा सार्न सक्रियताका साथ सहयोग गरिरहेका छन्। बस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।
केन्द्र सरकार र काठमाडौं महानगरपालिका बीचको समन्वयपछि सुरु गरिएको यो अभियान अन्तर्गत, अटेर गर्नेहरूका संरचना भत्काइने र त्यसको क्षति स्वयम् व्यक्तिले बेहोर्नुपर्ने चेतावनी समेत दिइएको छ।





यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरू