काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ ।
सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो । धेरै जसोले आफै घर टहरा खाली गरिरहेको र उनीहरुलाई महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सहयोग गरिरहेका छन् ।
थापाथली सुकुम्बासी बस्तीबाट ६ परिवारका सदस्य मात्र पुगे दशरथ रंगशाला (फोटो फिचर)
