काठमाडौं, भदौ १२ – जापानका प्रधानमन्त्री सिन्जो आवेको स्वास्थ्य अवस्थाका कारण राजीनामा दिने चर्चा सुरु भएको छ। जुन १८ मा पछि पहिलोपटक आवे पत्रकार सम्मेलनमा उपस्थित हुँदैछन्।
शुक्रवार स्थानीय समय अनुसार साँझ ५ बजेका तय भएको पत्रकार सम्मेलनमा उनले आफ्नो स्वास्थ्य अवस्थाका साथै कोभिड-१९ पान्डेमिकको पछिल्लो अवस्था र सरकारका काम कारवाहीका बारेमा बोल्ने सरकारी अधिकारीहरुले जनाएको भन्दै जापानको समाचार एजेन्सी क्योडो न्यूजले जनाएको छ।
सत्तारुढ दलले आवेको स्वास्थ्य अवस्था ठिक रहेको भए पनि पछिल्लो आठ घण्टा यता उनी अस्पताल गएको विषयलाई लिएर २०२१ सेप्टेम्बर सम्मको आफ्नो कार्यकाल भर उनले सरकारको नेतृत्व गर्छ की गर्न सक्दैनन् भन्ने चर्चा सुरु भएको जापान टुडेले जनाएको छ।
जापानको एनएचकेले पनि आवेले राजीनामा दिने तयारी गरेको स्रोतलाई उदृत गर्दै राजिनामा दिन लागेको जनाएको छ।
आवेले गत सोमवार मात्र आफ्ना काका इसाकु सातोले आधा शताब्दी अगाडि कायम गरेको लगातार लामो कार्यकाल शासन गर्ने रेकर्ड तोडेका छन्। आबेले अगास्ट २४ मा २ हजार ७९९ दिन प्रधानमन्त्रीका रुपमा काम गरेर रेकर्ड बनाएका थिए। यसअघि सन् १९६४ मा प्रधानमन्त्री बनेका इसाकुले २ हजार ७९८ दिन प्रधानमन्त्रीका रुपमा काम गरेको थिए।
कोरोना भाइरस पान्डेमिक नियन्त्रणको असफलता र उनका पार्टी सदस्यहरुको स्कान्डलका कारण उनको लोकप्रियता घट्दै गएको छ। ८ वर्ष लामो उनको शासनकाल भर अहिले उनको लोकप्रियता सबै भन्दा कम विन्दुमा पुगेको छ।
पत्रकार सम्मेलनमा उपस्थित हुनु अगाडि उनी पुन: चिकित्सकहरुसँग परामर्श लिने तयारीमा रहेको समाचारमा उल्लेख छ।
उनको मन्त्रिपरिषदका प्रमुख सचिव योसिहिडे सुगाले पत्रकार सम्मेलन नियमित भएको र राजिनामाको सम्भावना नभएको दाबी गरेका छन्।
‘प्रधानमन्त्री आँफैले अझ कडा मेहेनत गर्छु भन्नु भएको छ। मैले उहाँलाई दैनिक जसो नै देखिरहेको छु र कुनै परिवर्तन छैन,’ उनले भनेका छन्। आवे २०१२ देनि निरन्तर जापानको प्रधानमन्त्री छन्। २००७ मा स्वास्थ्यका कारण राजिनामा दिएका थिए।
FACEBOOK COMMENTS