काठमाडौं । कांग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा विभिन्न प्रदेशका मन्त्री तथा सांसदलाई पाँच दिनभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गर्ने निर्णय गरेको हो।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
स्पष्टीकरण सोधिएकामध्ये लुम्बिनी प्रदेशका वन मन्त्री तथा महासमिति सदस्य देवकरण प्रसाद कलवार (सन्तु), कोशी प्रदेशका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री प्रदिप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन्।
त्यसैगरी लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश सभा सदस्य राजु खनाल, मधेश प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि स्पष्टीकरण सोधिएको छ।
अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको विषयलाई गम्भीर रूपमा लिँदै तोकिएको समयभित्र जवाफ पेश गर्न निर्देशन दिएको जनाएको छ।
यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू

१. देवकरण प्रसाद कलवार (सन्तु), महासमिति सदस्य, कांग्रेस एवं वनमन्त्री, लुम्बिनी प्रदेश

२. मा. प्रदीप सुनुवार, पूर्वकेन्द्रीय सदस्य एवं मन्त्री कोशी प्रदेश ।
३. मा. प्रचण्ड विक्रम न्यौपाने, यातायात तथा पर्यटन मन्त्री, लुम्बिनी प्रदेश ।

४. मा. राजु खनाल, उपसभापति लुम्बिनी प्रदेश एवं प्रदेशसभा सदस्य ।
५. मा. जंगीलाल राय, प्रदेश सांसद मधेश प्रदेश ।