काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कार्यकालको अन्तमा नियुक्त गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पनि स्वत: पदमुक्त भएका छन् ।
कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव श्रेष्ठलाई मन्त्रीसरहको सुविधा पाउनेगरी कोषको अध्यक्ष पदमा फागुन तेस्रो साता नियुक्त गरेकी थिइन् । समाजकल्याण परिषद्को कानूनी सल्लाहकारसमेत रहेका श्रेष्ठ हिजो जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पछि पदमुक्त भएका हुन् ।
उक्त पदमा वन्यजन्त र प्रकृति संरक्षणको क्षेत्रका काम गरेका व्यक्तिलाई मनोनयन गर्नुपर्ने थियो । तर पूर्वप्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव श्रेष्ठलाई कार्यकालको अन्तमा नियुक्त गरेपछि चर्को विरोध भएको थियो ।