काठमाडौं । शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.४८ अंकले बढेर २७१९.६४ विन्दुमा पुगेको हो।
यो समयमा ४३ वटा स्क्रिप्सको २ हजार १८४ कित्ता सेयर २४ लाख १६ हजार ५३९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा २० वटा घट्यो। ३ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।