काठमाडौं । वरीयता र स्थापित परम्परा मिचेर प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा देखिएको छ ।
पछिल्लो समय साढे ९ देखि पौने १० भित्र दैनिक पेशी सूची सार्वजनिक हुनेगरेको भए पनि आज ११ बज्दासम्म सर्वोच्चको वेबसाइटमा पेशी सूची चढेको छैन । न्यायाधीशहरू जम्मा भएर गोला तान्नुपर्नेमा प्रधान न्यायाधीश सिफारिसपछिको अवस्थामा उक्त कार्य अघि बढ्न नसकेको सर्वोच्च स्रोतले जनाएको छ ।
न्यायाधीशहरु र सर्वोच्च प्रशासनका अधिकारीहरूबीच बैठक चलिरहेको र भित्रबाट केही खबर नआएको पेसी व्यवस्थापनमा संलग्न कर्मचारीले बताएका छन् ।