काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल मनोनीत भएकी छन् । उनलाई पार्टी सभापति गगन थापाले अध्यक्षमा मनोनीत गरेका हुन् ।
खरेललाई १७ बुँदे कार्यादेशसहित मनोनीत गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले जानकारी दिए । खरेलले चितवनमा रास्वपा सभापति रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धा गरेकी थिइन् ।