काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता सम्भु थापाले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् ।
आज शुक्रबार कपोरेट खबरसँग कुरा गर्दै उनले वरिष्ठताको परम्परा मिचिनु न्यायपालिकाका लागि चिन्ताको विषय भएको बताएका हुन् ।
संवैधानिक परिषद्को बिहीबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा.मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई छाडेर चौथो वरीयताका शर्माको नाम अघि सारिएको हो ।
थापाले भने, ‘अब अपोइन्टमेन्ट होइन, सेलेक्सन प्रक्रिया सुरू भयो । यसले लोकतन्त्र र संविधानमै असर पार्न सक्छ ।’
नेपालको न्यायिक इतिहासमै पहिलो पटक वरिष्ठतम् न्यायाधीशलाई छाडेर चौथो रोलक्रमका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए शर्मा नेपालको ३३औं प्रधानन्यायाधीश बन्नेछन् ।

थापाको थप विचारउत्तेजक धारणा अडिओमा सुन्नुहोस्–
