काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान गरिएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले शनिबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
अध्यक्षका लागि ऐनको दफा १०३ (ग) को उपदफा (१) को खण्ड (क) बमोजिम अर्थशास्त्र वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको व अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीम दश वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ ।
दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दिनुपर्ने र यस विषयमा थप जानकारीका लागि प्राधिकरणको वेबसाइटमा हेर्न सकिने समितिले जनाएको छ ।
