काठमाडौँ । नेकपा एमाले संसदीय दलले पूर्णता पाएको छ ।
दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनित भएका थिए ।
एमाले केन्द्रीय कमिटी सचिव समेत रहेकी पूर्वमन्त्री अर्याल समानुपातिकबाट सांसद बनेकी हुन् ।