काठमाडौं । नेपाली बजारमा आज (मंगलबार)सुन–चाँदीको भाउ बढेको छ।
सोमबार तोलामाचार सय रूपैयाँ घटेको सुनको भाउ चार हजार चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
