काठमाडौं । नेपाली सेनाले कोशी कोरिडोरको च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरेको छ ।
कोशी कोरिडोरको खाँदवारी–किमाथांका सडक खण्ड अन्तर्गत संखुवासभा, भोटखोला गाउँपालिकास्थित च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेर उत्तर–दक्षिण (कोशी) सडक आयोजनालाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।