काठमाडौं । गोल्डेनगेट इन्टरनेशनल कलेजअन्तर्गतको गोल्डेन गेट बास्केटबल क्लब ले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगिता आगामी २०८३ साल जेठ ८ र ९ गते(मे २२–२३, २०२६)बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेशनल कलेज परिसरमा सञ्चालन हुनेछ। विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रिय स्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ। १३ पटक राष्ट्रिय च्याम्पियन बन्न सफल गोल्डेनगेट बास्केटबल क्लबले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद रु. २०,००० तथा उपविजेता टोलीले नगद रु. १०,००० पुरस्कार प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई विशेष रूपमा बास्केटबल जुत्ता प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई वरिष्ठ प्रशिक्षक मनिष नाकर्मी तथा राष्ट्रिय खेलाडीहरूको प्रशिक्षणमा सञ्चालन हुने १५ दिने नि:शुल्क बास्केटबल क्याम्पमा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ। उक्त क्याम्पमार्फत विद्यार्थीहरूले आफ्नो खेलकुद सीप विकास गर्ने अवसर प्राप्त गर्नेछन्। सहभागी हुने सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरूले कलेजमा विशेष छात्रवृत्तिमा कक्षा ११ मा भर्ना हुने अवसर पाउनेछन्।
साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई गोल्डेनगेटको १३ पटक राष्ट्रिय च्याम्पियन बास्केटबल क्लबमा आबद्ध हुने अवसर पनि प्रदान गर्न सकिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन प्रति टोली रु. १,००० प्रवेश शुल्क निर्धारण गरिएको छ।
