काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओप्पो ए६सी’ सार्वजनिक गरेको छ ।
आकर्षक प्रिमियम डिजाइन र शक्तिशाली ७००० एमएएच क्षमताको ब्याट्री मुख्य विशेषता रहेको यस फोनमा अत्याधुनिक एआई प्रविधि र टिकाउ डिजाइनको संयोजन गरिएको कम्पनीले जनाएको छ ।
दैनिक प्रयोगमा लामो समयसम्म सहज अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस फोनमा ६ वर्षसम्म ब्याट्री टिकाउ रहने क्षमता र ४८ महिनासम्मको ‘फ्लुएन्सी प्रोटेक्सन’ उपलब्ध छ, जसले फोनको कार्यसम्पादनलाई लामो समयसम्म स्थिर राख्न मद्दत गर्दछ ।
ओप्पो ए६सी मा १२० हर्जको अल्ट्रा ब्राइट डिस्प्ले प्रयोग गरिएको छ, जसले गेमिङ र भिडियो हेर्दा जीवन्त र उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ । फोटोग्राफीलाई सहज बनाउन यसमा ‘एआई इरेजर’ र ‘एआई क्लियर फेस’ जस्ता सुविधाहरू समावेश गरिएका छन्, जसको माध्यमबाट प्रयोगकर्ताले तस्बिरबाट अनावश्यक वस्तु हटाउन र अनुहारको स्पष्टता सुधार गर्न सक्नेछन् ।
साथै, धुलो र पानीका छिटाहरूबाट बचाउन फोनमा क्ष्ए५४ रेटिङको सुरक्षा दिइएको छ भने रिभर्स वायर चार्जिङको सुविधा पनि उपलब्ध छ ।

यो स्मार्टफोन ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ गरी दुई आकर्षक रङ्गहरूमा उपलब्ध हुनेछ । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको यस फोनको सुरुवाती मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्राहकहरूको थप विश्वास जित्न ओप्पोले जेठ १ देखि असार १ सम्म खरिद गर्ने ग्राहकका लागि विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी समेत उपलब्ध गराएको छ ।

यो योजना अन्तर्गत योग्य हार्डवेयर समस्याहरूमा सामान्य मर्मतको सट्टा सिधै नयाँ डिभाइस उपलब्ध गराइनेछ ।

यसैबीच, ओप्पोले बढी स्टोरेज र प्रिमियम अनुभव खोज्ने प्रयोगकर्ताहरूका लागि ‘ओप्पो ए ८’ (८ जीबी र्याम + १२८ जीबी स्टोरेज) भेरियन्ट पनि बजारमा ल्याएको छ ।
‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रङ्गमा उपलब्ध यस फोनको मूल्य ४० हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यी नयाँ स्मार्टफोनहरूले नेपालको बजेट र मिड–रेन्ज खण्डमा प्रयोगकर्तालाई नयाँ स्तरको अनुभव प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।