नवलपुर । काजरिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलबलेमा आफ्नो नयाँ शोरुम सञ्चालन गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिंकद्वारा व्यवस्थापन गरिएको उक्त नयाँ शोरुममार्फत विश्वस्तरीय तथा प्रतिष्ठित वाल तथा फ्लोर टायल्स अब स्थानीय उपभोक्तामाझ सहज रूपमा उपलब्ध हुने भएका छन् ।
शोरुमको औपचारिक उद्घाटन हिजो, २०८३ जेठ १२ गते दिउँसो १२:१५ बजे सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा काजरिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२४ आस्मा कुमारी केसीको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा काजरिया रमेश टायल्स लिमिटेडका वरिष्ठ प्रतिनिधिहरू तथा राइनो टायल एण्ड मार्बल ट्रेड लिंकको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । सहभागीहरूले स्थानीय बासिन्दालाई नयाँ शोरुम अवलोकनका लागि हार्दिक स्वागत गरेका थिए ।
शोरुमलाई ग्राहकमैत्री तथा आधुनिक शैलीमा सजाइएको छ । यहाँ आउने ग्राहकहरूले काजरियाका उत्कृष्ट वाल तथा फ्लोर टायल्सका विभिन्न विकल्प प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् । साथै, टायल्सका बुट्टा, डिजाइन र फिनिसिङ हेरेर आफ्ना घर तथा परियोजनाका लागि उपयुक्त डिजाइन सहजै छनोट गर्न सक्ने व्यवस्था गरिएको छ ।
काजरिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “राइनो टायल एण्ड मार्बल ट्रेड लिंकसँगको हाम्रो सहकार्य ठूला शहरहरूमा मात्र सीमित नभई बाहिरी समुदायसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको महत्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाले काजरियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइन सहज रूपमा प्राप्त गरून् र उनीहरूको घर निर्माण तथा पुनःनिर्माण योजनालाई साकार बनाउन सहयोग पुगोस भन्ने हो ।”
नयाँ शोरुम हाल सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ । दलबले, नवलपुर तथा आसपासका क्षेत्रका बासिन्दालाई शोरुममा आएर नयाँ कलेक्सनहरू अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ ।

काजरिया रमेश टायल्स लिमिटेडले अत्याधुनिक प्रविधिसहित देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिचय दिएको जनाएको छ । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरेको छ । जसमा सुपरब्रान्ड २०२५ को उपाधि, एशियाज मोस्ट प्रोमिसिङ ब्रान्डको मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।

गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धताअनुसार कम्पनीले आईएसओ ९००१:२०१५ र आईएसओ १४००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ । साथै, भारतीय हरित भवन परिषद् (IGBC) को सदस्यताले कम्पनीको वातावरणीय जिम्मेवारीलाई थप बलियो बनाएको छ । हालै कम्पनीले एनएस गुणस्तर पुरस्कार २०२६ समेत प्राप्त गरेको छ, जसले कम्पनीलाई विश्वसनीय तथा विश्वस्तरीय टायल उत्पादकका रूपमा थप स्थापित गरेको छ ।

३,००० भन्दा बढी डिजाइन विकल्पसहित काजरियाले टिकाउपन, सौन्दर्य तथा कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक सजावटलाई नयाँ स्वरूप दिँदै आएको छ ।
हाल काजरियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी. र ४०x४० से.मी. ८ मि.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४०x४० से.मी. १२ मि.मि. तथा सिरेमिक वाल टायल (३०x६० से.मी. र ३०x४५ से.मी. एचडी पोलिस्ड) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलिया, टिकाउ तथा आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।