काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पहिलो अर्थमन्त्री सुवर्ण शमशेरलाई सम्झँदै बजेट भाषण सुरू गरेका छन् ।
शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै उनले बजेटमा प्रवेश गर्नुअघि २००८ सालका अर्थमन्त्रीको नाम लिएका हुन् ।
उनले सुरुमा आर्थिक सर्वेक्षण पेस गरे । नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक २००८ सालदेखि हुन थालेको थियो । मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ साल माघ २१ गते सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो ।
सुवर्णले संसद्समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।