सिरहा । सिरहाबाट अवैधरुपमा भारत निकासी गर्न राखिएको करिब २० लाख बराबरको फर्सीको बिउ बरामद गरिएको छ ।
सिरहा प्रहरीका अनुसार सिरहाको बरियारपट्टि- २ बस्ने हरिदेव दासको घरमा अवैधरुपमा भारत निकासी गर्नको लागि फर्सीको बिउ लुकाई राखेको सूचनाको आधारमा ७० बोरा बिउ बरामद गरिएको छ ।
प्रहरीले बरामद गरेको ७० बोरा फर्सीको बिउ भन्सार कार्यालय माडर सिरहामा बुझाएको बताएको छ ।
सो बिउको मुल्य प्रति बोरा २८ हजार रहेको र कुल १९ लाख ६० हजार बराबरको रहेको प्रहरीले जानकारी दिएको छ ।
