काठमाडौं । अभियन्ता दुर्गा प्रसाईं र राप्रपा त्यागेका धवलशमशेर राणाबीच सम्झौता भएको छ । उनीहरूबीच ११ बुँदे सम्झौता भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित समारोहमा उनीहरूले एकता गरेर जाने भन्दै ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
राजा र हिन्दु राष्ट्रसहितको बलियो राष्ट्रवादी शक्ति बनाउने उनीहरूको प्रतिबद्धता छ ।


