काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘२ वर्ष ट्याक्स फ्री– टीभीएसमा खुसी नै खुसी’ योजना सार्वजनिक गरेको छ ।
ग्राहकलाई थप सहज र किफायती रूपमा सवारीसाधन स्वामित्वको अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले दुई वर्षसम्मको सवारी कर सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसबाट सवारी स्वामित्वको समग्र खर्च उल्लेखनीय रूपमा घट्ने विश्वास कम्पनीको छ ।
योजनाअन्तर्गत ग्राहकले नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कै आधारमा छिटो फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, मासिक २ हजार ८९९ रुपैयाँबाट सुरु हुने न्यूनतम ईएमआई योजना, पुरानो सवारीसाधन साटेर नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टीभीएसका सवारीसाधनको विश्वसनीय गुणस्तर, उत्कृष्ट प्रदर्शन तथा देशव्यापी सेवा सञ्जाल पनि योजनाका प्रमुख आकर्षण हुन् ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ग्राहकलाई अधिकतम सुविधा प्रदान गर्दै सवारी खरिद प्रक्रियालाई अझ सहज, किफायती र आकर्षक बनाउने उद्देश्यले योजना ल्याइएको बताए ।

कम्पनीले योजनाबारे थप जानकारीका लागि नजिकको आधिकारिक टीभीएस शोरुममा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ ।

नेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि देशकै अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक हो । कम्पनीले दशकौँदेखि देशभर फैलिएको बिक्री तथा सेवा सञ्जाल, उद्योगकै अग्रणी ‘आफ्टर–सेल्स सपोर्ट’ तथा उच्च गुणस्तरका सवारीसाधनमार्फत नेपाली उपभोक्तालाई सेवा प्रदान गर्दै आएको छ ।

जगदम्बा मोटर्सले विश्वस्तरीय उत्पादन र प्रविधि नेपाली बजारमा भित्र्याउँदै रोजगारी सिर्जना, सीप विकास तथा नेपालको अटोमोबाइल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।