काठमाडौं । श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
मंगलबार बसेको बैठकमा मन्त्रीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङ लगायतले विरोधस्वरुप वेल घेराउ गरेका हुन् ।
सभामुख डीपी अर्यालले सभा सञ्चालनका लागि पटक पटक आग्रह गरेपनि वेल घेराउ कार्यलाई निरन्तरता दिएसँगै सदन १५ मिनेट स्थगित भएको घोषणा गरे ।
यसअघि साम्पाङको वेल घेराउकै बिच सञ्चारमन्त्री विक्रम तिमल्सिनाले उठेका प्रश्नहरुमाथि जवाफ दिएका थिए ।