काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनमा छलफल स्वस्थ बनाउन र सडकमा तमासा नबनाउन आग्रह गरेका छन् ।
चितवनमा जारी पहिलो महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै लामिछानेले जस्तोसुकै समस्या पनि आपसमा मिलेर समाधान गरिने उल्लेख गर्दै तमाशा नदेखाउन निर्देशन दिए ।