काठमाडौं । बुधबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी तोलाको चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।