नेप्सेका सीईओ चापागाईंको राजीनामा स्वीकृत
कर्पोरट खबर
8:24 pm, सोमबार, असार २२, २०८३
- अर्थ मन्त्रालयले नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा स्वीकृत गरेको छ।
- चापागाईंले व्यक्तिगत कारण देखाउँदै आज अर्थमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।
काठमाडौ। अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा स्वीकृत गरेको छ ।
सिइओ चापागाईंले आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका थिए । सीईओ चापागाईंले बुझाएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ ।