काठमाडौं । स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
‘रियल ड्राइभर्स वान्टेड’ नारा सहित आइतबार काठमाडौंको थापाथलीस्थित शोरुममा आयोजित कार्यक्रममा एमएडब्लु समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लु एक्सपान्जेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रौनक अग्रवालले संयुक्त रूपमा गाडीको अनावरण गरेका हुन ।
कम्पनीका अनुसार नयाँ कुशाकलाई आकर्षक डिजाइनका लागि मात्रै होइन, उत्कृष्ट ड्राइभिङ अनुभवलाई प्राथमिकता दिएर विकास गरिएको हो । यो एसयूभी १.० लिटर र १.५ लिटर टीएसआई पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ । साथै ८–स्पिड अटोमेटिक तथा डीएसजी ट्रान्समिसनको संयोजनले सहज नियन्त्रण, द्रुत प्रतिक्रिया र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
कुशाकको विशेष आकर्षणमध्ये रियर सिट मसाज फिचर पनि एक हो, जुन यस सेग्मेन्टका गाडीमा विरलै पाइने सुविधा रहेको कम्पनीले जनाएको छ । यसले यात्रुलाई युरोपेली स्तरको आरामदायी अनुभव दिने विश्वास कम्पनीको छ ।
स्कोडा नेपालका अनुसार नयाँ कुशाकको प्रारम्भिक मूल्य ५७ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले युरोपेली इन्जिनियरिङमा आधारित अन्तर्राष्ट्रिय स्तरको एसयूभी नेपाली उपभोक्ताको पहुँचभित्र ल्याएको दाबी गरेको छ ।
ग्राहकको स्वामित्व खर्च कम गर्न कम्पनीले ‘प्रमिस अफ १२’ नामक वार्षिक मर्मत योजना पनि सार्वजनिक गरेको छ । यस अन्तर्गत देशभर रहेका १२ वटा सेवा केन्द्रबाट प्रत्येक १२ महिना वा १२ हजार किलोमिटरमा १२ हजार रुपैयाँको निश्चित शुल्कमा मर्मत सेवा उपलब्ध हुनेछ । कम्पनीका अनुसार यस योजनामा कुनै लुकेका अतिरिक्त शुल्क लाग्ने छैन ।
कार्यक्रममा बोल्दै एमएडब्लु समूहका अध्यक्ष विष्णुकुमार अग्रवालले कुशाकले नेपाली ग्राहकलाई युरोपेली इन्जिनियरिङको अनुभव सुलभ मूल्यमा उपलब्ध गराएको बताए । त्यस्तै, सीईओ रौनक अग्रवालले यो गाडी वास्तविक ड्राइभिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरेर निर्माण गरिएको उल्लेख गर्दै स्वयं टेस्ट ड्राइभमार्फत अनुभव गर्न आग्रह गरे ।
स्कोडा नेपालले नयाँ कुशाकसँगै सुरक्षा, इन्धन दक्षता, अत्याधुनिक इन्जिनियरिङ, आराम र विश्वसनीयतामा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ । नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लु समूहअन्तर्गतको कम्पनी एमएडब्लु वृद्धिले गर्दै आएको छ ।