काठमाडौं । सरकारको खातामा रहेको नगद मौज्दात उल्लेख्य रूपमा बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अन्त्य अर्थात् २०८३ जेठ मसान्तसम्म नेपाल सरकारका विभिन्न खातामा ४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ नगद मौज्दात रहेको छ।
यो रकम गत आर्थिक वर्षको अन्त्यको तुलनामा झन्डै तीन गुणाले बढी हो। २०८२ असार मसान्तसम्म सरकारको खातामा १ खर्ब ३७ अर्ब ७८ करोड रुपैयाँ मात्रै मौज्दात थियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनाको अवधिमा सरकारको नगद मौज्दात २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको छ।
सरकारी खातामा नगद मौज्दात बढेसँगै सरकारसँग खर्च तथा वित्तीय व्यवस्थापनका लागि उपलब्ध स्रोत पनि उल्लेख्य रूपमा बढेको देखिएको छ।