काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको छ ।
राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा उनी दोषी ठहर भएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले रायमाझीलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको हो ।
रायमाझीलाई राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गरेको हो ।
नेपालीलाई नक्कली शरणार्थी बनाउँदा संयुक्त राष्ट्र सङ्घ र तेस्रो मुलुकहरूसँग नेपालको विश्वसनीयता गुमेको र नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको अदालतको ठहर छ ।