काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ८९ करोड ४१ लाख ७८ हजार १२६ रूपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३३. ५० प्रतिशतले धेरै हो ।
अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ६६ करोड ९७ लाख ५१ हजार ३२३ रूपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख २ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रूपैयाँ थियो ।
बैंकको सञ्चालन नाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ४ करोड ४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ४१ करोड ८१ लाख ३१ हजार रुपैयाँबाट घटेर १३ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६० करोड ११ लाख १० हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता १५.१६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा १६.७४ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँले बढेर २२.७५ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १७१.०१ पैसा छ ।
बैंकको खराब कर्जा ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ ।
चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ छ । बैंकले ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।