काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।
साउन ५ गते हिजो मंगलबार बसेको संचालक समितिको बैठकबाट कम्पनीले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले सिन्धुज्वला हाइड्रोपावर लिमिटेड संग रहेको अपर नेश्यम ४३ मेघावाट र अपर नेश्यम ए २१ मेघावाट जम्मा ५१ प्रतिशत सेयर कायम गरी लगानी गर्ने गरिएको कम्पनीका सचिव सुजन पाण्डेले जानकारी दिएका छन् ।