काठमाडौं, भदौ २० –प्रकृति, साहसिक र संस्कृति सम्बन्धि खेलकुद मार्फत दीगो पर्यटन को विकास गर्ने लक्ष्य सहित क्रियासिल माउन्टेन स्पोर्ट्स फेडेरेसन-नेपाल केन्द्रियकार्यसमितिको बैठक हिजो
जुम मार्फत सम्पन्न भएको छ । बैठकले चालु आ.व. का प्रस्तावित कार्ययोजनाको चुनौतिहरुको समिक्षा, आर्थिक प्रतिबेदन र नवीकरण लगायतका कार्यका जिम्मेवारी तथा सदस्य संघहरुको विकास सम्बन्धि प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, विश्व पर्यटन दिवसको उपलक्ष्यमा (२६ सेप्टेम्बरमा) “दिगो पर्यटनका लागि खेलकुद विषयक अन्तराष्ट्रिय वेबिनार” को आयोजना गर्ने, योजना आयोग र यूवा तथा खेलकुद मन्त्रालयसंग खेलकुद र पर्यटन तथा खेलकुद र दिगो विकास लक्ष्यसंग सम्बन्धित वर्कशप÷अन्तर्कृया आयोजना गर्ने तथा बागमती प्रदेश खेलकुद परिषद संगको सहकार्यमा पर्यटकीय र शाहसिक खेलकुद सम्बन्धि अध्ययन प्रतिबेदन तयार गर्ने जस्ता निर्णय गरिएको छ ।
बैठकले परम्परागत खेलको अध्ययन र प्रतियोगिताहरु अगाडी बढाउने र खेलकुद, पर्यटन, संस्कृति, वातावरण तथा महिला र यूवा शसक्तिकरण जस्ता क्षेत्रका सरकारी, गैरसरकारी संघसंस्था÷निकायहरुसंग सहकार्यको प्रस्ताव तयार गर्ने समेत निर्णय गरेको छ ।
त्यसै गरि महासंघको कार्यालय अन्तराष्ट्रिय खेलकुद परिसर हाताको पुरानै स्थानमा संचालन गर्ने, प्रादेशिक महासंघको कार्य अगाडी बढाउने र त्यसको लागि महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिईएको छ । साथै, सम्बन्धित केहि राष्ट्रिय÷अन्तराष्ट्रिय महासंघ÷अभियानमा आवद्ध हुने, दिगो पर्यटन र विकासका लागि खेलकुद भन्ने थिममा प्रदेश र स्थानीय सरकार तथा सरोकारवालासंग सम्पर्क, सम्बन्ध र सहकार्य अगाडी बढाउने निर्णय गरिएको छ ।
परमपरागत, शाहसिक तथा पर्यटकीय खेल क्षेत्रलाई समेत समेटी केहि समय अगाडी जारि भएको खेलकुद सम्बन्धि ऐनले यस क्षेत्रमा केहि उत्साह थपिएको छ । जसको लागि यूवा तथा खेलकुद मन्त्रि प्रति आभार व्यक्त गर्दै तथा महासंघका अध्यक्ष र राखेपका नवनियुक्त सदस्य गोविन्द प्रसाद भट्टराईलाई बधाई दिदैँ बैठक सम्पन्न गरियो ।
FACEBOOK COMMENTS