काठमाडौं, भदौ २० –देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शनिबार १७ हजार ८ सय ७० जना संक्रिय संक्रमितमध्ये ८ हजार ४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार ८ सय ३१ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बागमती प्रदेशमा मा २ हजार २ सय ४५, प्रदेश १ मा ७ सय ४०, प्रदेश ५मा ९ सय ५२, सुदूरपश्चिम प्रदेशमा १५७, गण्डकी प्रदेशमा ४३ र कर्णाली प्रदेशमा ३६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS