काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार, विशिष्ठ श्रेणी) मा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन् ।
सल्लाहकारको भूमिकामा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा गर्न, आन्तरिक ऊर्जा क्षेत्रको सुधारलाई अघि बढाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श प्रदान गर्नेछन् । साथै, उनले बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा समेत योगदान पुर्याउने छन् ।