काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा पनि घटेको छ । सेयर बजार बुधबारको कारोबारमा ७.७९ अंक घटेर बन्द भएको छ । साताको सुरुआती कारोबारदेखि नै बजार निरन्तर घटिरहेको छ ।
बजार २६८८.८८ अंक विन्दुमा ओर्लिएको छ । बजार घट्दा ७८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १८६ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
चार अर्ब दुई करोड ९३ लाख ९० हजार रुपैयाँबराबरको सेयर मूल्य घटेको छ । ९७ लाख ७७ हजार कित्ता सेयर ४८ हजार पटकमा किनबेच भएको छ ।
एभरेष्ट कलरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभर्स लिमिटेड, नबिल ब्यालेन्स फन्ड, खानीखोला हाइड्रो, हिमालय पावर पार्टनर लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।
समूहगत सूचकतर्फ म्युअचल फन्ड, अदर इन्डेक्स बढेका छन् । बाँकी ११ समूह सूचक घटेका छन् ।