काठमाडौं । भारतीय अटोमोबाइल ब्रान्ड टीभीएस पनि नेपाली अटोमोबाइल बजारमा निकै लोकप्रिय ब्रान्ड सावित भएको छ ।
विशेषगरी युवापुस्तामा लोकप्रिय अपाचे सिरिज, एन्टोर्क स्कुटर र राइडर जस्ता मोडलहरूका कारण टीभीएस नेपालमा सरुचाइने ब्रान्डहरूमध्ये एक हो।
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि.ले टीभीएसका दुई पाङ्ग्रे सवारी साधनहरूको आधिकारिक बिक्री–वितरण गर्दै आएको छ।
नेपालमा टीभीएसको स्कुटर अन्तर्गत टीभीएस जेस्ट ११०, टीभीएस जुपिटर ११०/१२५, टीभीएस एन्टोर्क १२५ सिरिज; बाइक अन्तर्गत टीभीएस रेडियन ११०, टीभीएस स्ट्राइकर १२५ र टीभीएस राइडर १२५ जस्ता मोडलहरू उपलब्ध रहेका छन् भने स्पोर्टी, नेकेड र पर्फर्मेन्स बाइक अन्तर्गत टीभीएस अपाचे आरटीआर १६० २भोल्व, टीभीएस अपाचे आरटीआर १६० ४भोल्व, टीभीएस अपाचे आरटीआर २०० ४भोल्व, टीभीएस रोनिन २२५ र टीभीएस अपाचे आरआर ३१० जस्ता मोडलहरू उपलब्ध रहेका छन् ।
टीभीएस जेस्ट ११०
टीभीएस जेस्ट ११०, हलुका, चलाउन एकदमै सहज र दैनिक सहरी यात्राका लागि उपयुक्त इन्ट्री–लेभल स्कुटर हो ।
यसमा ११० सीसी इन्जिन रहेको छ । ९७ केजीको मात्र तौल रहेको जेस्ट ११० हलुका सवारीमा पर्छ । यसमा ठूलो अन्डर–सिट स्टोरेज, पार्किङ ब्रेक र एलईडी टेललाइट जस्ता विशेषताहरू उपलब्ध रहेका छन् ।
नेपालमा यसको मूल्य १ लाख ७८ हजार ९ सयबाट सुरु हुन्छ ।
जुपिटर ११०/१२५
सबै समूहको सदस्यले निर्धक्क चलाउन सक्ने, बढी माइलेज र धेरै सामान अट्ने फ्यामिली स्कुटरको रूपमा जुपिटर ११०/१२५ परिचित छ ।
यसमा ११०/१२५ सीसी इन्जिन, दुईवटा हेल्मेट सहजै अट्ने विशाल ३३ लिटर बुट स्पेस, अगाडिबाटै तेल भर्न मिल्ने सुविधा र मेटल बडी जस्ता फिचरहरू रहेका छन् । यसको मूल्य २ लाख ५७ हजार ९ सयबाट सुरु हुन्छ ।
एन्टोर्क १२५
नेपालमा १२५ सीसी सेग्मेन्टको सर्वाधिक लोकप्रिय र युवाहरूको पहिलो रोजाइको स्पोर्टी स्कुटर हो एन्टोर्क १२५ ।
यसमा १२४.८ सीसी इन्जिन, ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन, राइडिङ मोडहरू, गेमिङ कन्सोल जस्तो डिजिटल मिटर र स्पोर्टी साउन्ड जस्ता फिचरहरू उपलब्ध रहेका छन् ।
भेरियन्ट अनुसार यसको मूल्य २ लाख ९३ हजार ९ सयदेखि ३ लाख १५ हजार ९ सयसम्म पर्छ ।
बाइक अन्तर्गत टीभीएस रेडियन ११०, टीभीएस स्ट्राइकर १२५ र टीभीएस राइडर १२५ जस्ता मोडलहरू उपलब्ध रहेका छन् ।
टीभीएस रेडियन ११०
मजबुत बनावट, कम मर्मत खर्च र धेरै माइलेज खोज्नेहरूका लागि तयार पारिएको कम्युटर बाइक हो टीभीएस रेडियन ११०
।
यसमा १०९.७ सीसी इन्जिन, ६९ किमी सम्मको माइलेज, यूएसबी चार्जिङ पोर्ट, लामो/आरामदायी सिट र सिन्क्रोनाइज्ड ब्रेकिङ सिस्टम जस्ता फिचरहरू रहेका छन् । यसको मूल्य २ लाख ३४ हजार ९ सयबाट सुरु हुन्छ ।
टीभीएस स्ट्राइकर १२५
किफायती मूल्यमा स्पोर्टी लुकमा निर्माण गरिएको बाइक हो टीभीएस स्ट्राइकर १२५ ।
यसमा १२४.५ सीसी इन्जिन, ट्युबलेस टायर, डिजिटल–एनालग मिटर, एलईडी टेललाइट र आकर्षक बडी ग्राफिक्स जस्ता फिचरहरू रहेका छन् । यसको मूल्य २ लाख ५३ हजार ९ सयबाट सुरु हुन्छ ।
टीभीएस राइडर १२५
यो नेपालमा १२५ सीसी सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने, आधुनिक फिचर र एनिमालिस्टिक स्पोर्टी लुक भएको बाइक हो ।
१२४.८ सीसी इन्जिन, रिभर्स एलसीडी/टीएफटी कलर स्क्रिन, इको/पावर मोड, सिट मुनि सामान राख्ने ठाउँ र यूएसबी चार्जर जस्ता विशेषताहरू यसमा उपलब्ध रहेका छन् ।
नेपाली बजारमा यसको मूल्य भेरियन्ट अनुसार २ लाख ७६ हजार ९ सयदेखि ३ लाख १५ हजार ९ सयसम्म पर्छ ।
स्पोर्टी, नेकेड र पर्फर्मेन्स बाइक अन्तर्गत टीभीएस अपाचे आरटीआर १६० २भोल्व, टीभीएस अपाचे आरटीआर १६० ४भोल्व, टीभीएस अपाचे आरटीआर २०० ४भोल्व, टीभीएस रोनिन २२५/टीभीएस अपाचे आरआर ३१० जस्ता मोडलहरू उपलब्ध रहेका छन् ।
टीभीएस अपाचे आरटीआर १६० २भोल्व
यो नेपाली सडकमा लामो समयदेखि चर्चित र भरपर्दो मानिएको रेसिङ डीएनए भएको नेकेड बाइक हो ।
यसमा १५९.७ सीसी इन्जिन, मस्कुलर फ्युअल ट्याङ्क, स्मार्ट कनेक्टिभिटी, एबीएस र उत्कृष्ट पिकअप उपलब्ध छ ।
यसको मूल्य भेरियन्ट अनुसार ३ लाख २१ हजार ९ सयदेखि ३ लाख ५९ हजार ९ सयसम्म पर्छ ।
टीभीएस अपाचे आरटीआर १६० ४भोल्व
अपाचे आरटीआर १६० ४भोल्व, आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी पावर, प्रविधि र एड्भान्स फिचरहरू भएको लोकप्रिय पर्फर्मेन्स बाइक हो ।
१५९.७ सीसी ४–भोल्व आयल–कुल्ड इन्जिन, ३ राइडिङ मोड, स्मार्टकनेक्ट ब्लुटुथ मिटर, समायोजन गर्न मिल्ने लिभर र हालै आएको युएसडी फोर्क सस्पेन्सन भेरियन्ट पनि उपलब्ध रहेका छन् ।
भेरियन्ट अनुसार यसको मूल्य ३ लाख ५९ हजार ९ सयदेखि ४ लाख २९ हजार ९ सयसम्म पर्छ ।
टीभीएस अपाचे आरटीआर २०० ४भोल्व
२०० सीसी सेग्मेन्टमा उच्च प्रविधि र रेसिङ पर्फर्मेन्स चाहनेहरूका लागि अपाचे आरटीआर २०० ४भोल्व उत्कृष्ट विकल्प हुन सक्छ ।
१९७.७५ सीसी इन्जिन, एडजस्टेबल फ्रन्ट सस्पेन्सन, रेस–ट्युन्ड स्लिपर क्लच, राइडिङ मोडहरू र डुअल–च्यानल एबीएस जस्ता फिचरहरूमा उपलब्ध छ ।
नेपालमा यसको मूल्य कम्पनीले ३ लाख ९३ हजार ९ सयदेखि ४ लाख २४ हजार ९ सयसम्म निर्धारण गरेको छ ।
टीभीएस रोनिन २२५
यो आधुनिक नियो–रेट्रो डिजाइन र आरामदायी राइडिङ पोजिसन भएको अल–राउन्डर क्रुजर/स्क्र्याम्बलर स्टाइल बाइक हो ।
२२५.९ सीसी आयल–कुल्ड इन्जिन, युएसडी फ्रन्ट फोर्क, टी–शेप एलईडी डीआरएल, अर्बन र रेन एबीएस मोड र भ्वाइस असिस्ट जस्ता फिचर पाइन्छन् । यसको मूल्य ४ लाख ३९ हजार ९ सयदेखि ४ लाख ५९ हजार ९ सयसम्म पर्छ ।
टीभीएस अपाचे आरआर ३१०
टीभीएसको फ्ल्यागसिप सुपरस्पोर्ट्स एरोडाइनामिक रेसिङ बाइकको रूपमा टीभीएस अपाचे आरआर ३१० परिचित छ ।
यसमा ३१२.२ सीसी लिक्विड–कुल्ड इन्जिन (३४ पीएस पावर), भर्टिकल टीएफटी कन्सोल, राइड–बाइ–वायर थ्रोटल, ४ वटा राइडिङ मोड र बीएमडब्ल्यू सँगको सहकार्यमा बनेको इन्जिन प्रविधि उपलब्ध छ ।
यसको मूल्य ७ लाख ९९ हजार ९ सयसम्म पर्छ ।
स्कुटर र बाइक दुवैमा ब्लुटुथ नेभिगेसन, कल/एसएमएस अलर्ट जस्ता स्मार्ट फिचर दिने मामलामा टीभीएस निकै अगाडि छ।
अपाचे सिरिजका गाडीहरू उत्कृष्ट ट्र्याक ह्यान्डलिङ, पिकअप र पावरका लागि परिचित छन् । जगदम्बा मोटर्सको देशैभरि फैलिएको ३एस सञ्जालका कारण मर्मत र पार्टपुर्जा पाउन निकै सहज हुने भएकाले पनि नेपाली बजारमा टीभीएस निकै लोकप्रिय बनेको छ ।