काठमाडौं, भदौ २२ – गत बिहीवार मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा समातिएका मध्ये एक व्यक्तिमा कोभिड-१९ पुष्टि भएको छ ।महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले प्रहरीमाथि कुटपिट गर्ने, प्रेस ज्याकेटको दुरुपयोग गर्ने र मेयरलाई मार्ने धम्की दिने १७ जनालाई नियन्त्रणमा लिएको थियो।
एक जनलाई कोभिड १९ पुष्टि भयो भन्ने जानकारी आएको छ। थप रिपोर्ट कुर्दैछौं, ललितपुरका एक प्रहरी अधिकृतले भने।
गत बिहीवार ड्युटीमा खटिएका प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण गरेका थिए। उनको टाउको, हातखुट्टा तथा जिउमा चोट लागेको थियो। प्रहरीले समातेका अभियुक्तलाई म्याद थप गर्न लैजानु अघि पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। त्यही क्रममा एक जनामा पोजेटिभ देखिएको हो। त्यस्तै, यसअघि महानगरीय प्रहरी वृत्त महाजगञ्ज र कालीमाटीमा पनि प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तको परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो।
पुल्चोक प्रकरणमा अहिलेसम्म प्रहरीले २० जनालाई पक्राउ गरेको छ जसमा ३ जनालाई छाडिसकिएको छ भने १७ जनाबिरुद्ध अनुसन्धानका लागि म्याद थप भएको छ। त्यस्तै, पुल्चोकको प्रर्दशन नियन्त्रण गर्न सहभागी १८ जना प्रहरीमा समेत कोरोना संक्रमण देखिएको थियो।
FACEBOOK COMMENTS