काठमाडौं । टाटा मोटर्सको नयाँ पन्च इभी नेपालमा सार्वजनिक भएको छ।
अपडेटेड भर्सनको यो इलेक्ट्रिक एसयुभीलाई नाइमा अटो एक्स्पोमा औपचारिक रूपमा मूल्य सार्वजनिक गर्ने तयारी गरिएको छ।
नयाँ पन्च इभीमा करिब ४० किलोवाट क्षमताको ब्याट्री र ९५ किलोवाटको मोटर रहेको छ। यसमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले नेपाली सडकका लागि यसलाई थप उपयोगी बनाउने अपेक्षा गरिएको छ।
सिप्रदी ट्रेडिङका अनुसार नयाँ पन्च इभीको मूल्य ४० लाख रूपैयाँभन्दा कम रहनेछ। नाइमा अटो एक्स्पोमा मूल्य सार्वजनिक भएपछि ग्राहकले बुकिङ गर्न सक्नेछन्।
गाडी बुक गरेर लामो समय कुर्नुपर्ने अवस्था नरहने र उपलब्धताअनुसार ग्राहकले तत्कालै गाडी घर लैजान सक्ने सिप्रदी ट्रेडिङले जनाएको छ।
नयाँ ब्याट्री, अपडेटेड डिजाइन, थप प्रविधि र प्रतिस्पर्धी मूल्यका कारण नयाँ पन्च इभी नेपाली बजारमा फेरि चर्चामा आउने देखिएको छ।