काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न गरेको छ ।
अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजित कार्यक्रममा सुनको बल हस्तान्तरण गरिएको हो ।
अभियानका क्रममा प्रमेश केसी, तिप्सिका राणा र सबिना थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो विजेता घोषित भएका थिए । तीनै जना विजेतालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको कम्पनीले जनाएको छ ।
विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो । एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरूले लक्की ड्रमा सहभागिता जनाएका थिए ।
पुरस्कार ग्रहण गर्दै विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा पनि कम्पनीले यस्तै नवीन, आकर्षक र उपभोक्तामुखी अभियान सञ्चालन गर्ने अपेक्षा व्यक्त गरे ।
यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्र पनि सार्वजनिक गरिएको थियो । उक्त योजनामा समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन् ।
कम्पनीले अभियानमा उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिता र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सिर्जनात्मक, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियानलाई निरन्तरता दिने जनाएको छ ।
नेपाली बजारमा युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको एक्सट्रिम इनर्जी ड्रिंकले खेलकुद, मनोरञ्जन तथा उपभोक्ता सहभागितामूलक अभियानमार्फत ग्राहकसँगको सम्बन्ध थप सुदृढ गर्दै आएको जनाएको छ ।