काठमाण्डौँ — पप्पु कन्स्ट्रक्सनले हुलाकी राजमार्ग योजनासँग निर्माण सम्झौता गरी अर्को कम्पनीलाई ठेक्का बिक्री गरेको छ ।
निर्माणाधीन हुलाकी सडकको मुर्तिहा (सीमा) देखि बेलवाससम्म १८ किलोमिटर खण्डको जिम्मेवारी लिएको पप्पुले गणपति निर्माण सेवालाई ठेक्का बेचेको हो ।
जिल्ला प्रशासन कार्यालयले विकास निर्माण सम्बन्धमा बिहीबार गरेको अन्तक्र्रियामा हुलाकी राजमार्ग योजनाका प्रमुख कृष्णनाथ ओझाले ठेक्का सम्झौता पप्पु कन्स्ट्रक्सनको नाममा भए पनि काम गणपतिले गरिरहेको बताए ।
सरकारी कार्यालयबाट हुने भुक्तानीका लागि बैंक खातासमेत गणपतिकै नाममा खोलिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS