काठमाडौँ । काठमाडौं । नेपाल एशोसिएसन अफ ट्राभल एन्ड टूर एजेन्ट्स (नाट्टा)मा भरतजंग पाण्डेको समूहले बाजी मारेको छ ।
शुक्रबार भएको नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै भएको २५औं कार्यसमितिको निर्वाचनबाट पाण्डे निर्वाचित भएका छन् । नाट्टाको आगामी २ वर्षे कार्यकालका लागि चुनिएको नयाँ नेतृत्वमा ३ जना सदस्यबाहेक पाण्डेकोसमूह विजयी भएको हो ।
शनिबार विहान सार्वजनिक मत परिणाम अनुसार अध्यक्ष अध्यक्ष पदको प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिप्रस्र्धी युविका भण्डारीले १५८ मत र जिस्वां तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरिन्
एभरेष्ट मिराकल ट्राभल्स एन्ड टूरका निर्देशक रहेका पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । उनी यसअघि २०२०–२०२२ कार्यकालमा नाट्टाको कार्यसमिति सदस्यका रूपमा समेत रहेका थिए ।
पाण्डेले अगाडि सारेका ११ वटा प्रमुख एजेन्डालाई नाट्टा सदस्यले अनुमोदन गरेका छन् । ’सशक्त नाट्टा, समृद्ध पर्यटन’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका पाण्डेले चुनावमा दिएका मुख्य प्राथमिकताहरूमा सुशासन र पारदर्शिता कायम गरेर नाट्टालाई बलियो बनाउने उल्लेख छ ।
नाट्टामा आचारसंहिता लागू गरी पूर्ण पारदर्शिता र व्यावसायिकता सुनिश्चित भएको संस्था बनाउने विषय पहिलो प्राथमिकता हुने उनको प्रतिवद्धता व्यक्त गरेका छन् ।
विश्वका प्रमुख ट्राभल मार्टहरूमा नेपालको सहभागिता बढाउने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको ट्राभल मार्ट गर्ने पहल पान्डेको अध्यक्षताको नाट्टाले गर्ने उल्लेख गरेका छन् ।
हवाई र यातायात समस्या समाधान आगामी नयाँ कार्यसमितिले आवश्यक प्रयास गर्ने भएको छ । यसका लागि हवाई टिकटमा लागेको भ्याट हटाउन र पर्यटकीय यातायात भ्याट नलगाउने व्यवस्था मिलाउने काम उनको कार्यसमितिले गर्ने भएको छ
पाण्डे पर्यटन, हस्पिटालिटी र एभिएसन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका व्यवसायी हुन । उनी एभरेष्ट मिराकल ट्राभल्स एण्ड टूर्सका संस्थापक निर्देशक हुन ।
ग्यालरी पार्क होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका पाण्डेले शैक्षिक रूपमा त्रिभुवन विश्वविद्यालयबाट ट्राभल एन्ड टुरिजम म्याजेजमेन्टमा स्नातकोत्तर (एमटीटीएम) र पोखरा विश्वविद्यालयबाट होटल व्यवस्थापनमा स्नातक (बीएचएम)पूरा गरेका छन । नाट्टाको नयाँ निर्वाचनबाट पाण्डेको प्यानलबाट ३ जना सदस्य भने युविका भन्डारीको प्यानलबाट निर्वाचित भएका छन् ।