चितवन । चितवन इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ ।
शनिबार राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो । पहिरो हटाएपछि आज बिहान करिब ७ बजेदेखि नारायणगढबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको हो ।
सडक सञ्चालनमा आएपछि उक्त सडकखण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन् ।