काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्।
शनिबार भएको ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट उनी विजेता घोषणा भएकी हुन्।
शोमा पहिलोपटक कोच बनेका वाङ्देनले जितपछि सपनाजस्तो महसुस भएको बताए। जितसँगै खड्काले १० लाख रुपैयाँ पाएकी छन्।
फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
वाङ्देन शेर्पाबाट सुवासना र क्रिएसन रोकाले प्रतिस्पर्धा गर्दा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन र टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल भिडेका थिए।
चाँडै ‘भ्वाइस अफ नेपाल’को आठौँ सिजन आउने जानकारीसमेत गराइएको छ।