काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ सनसिटी चोकमा रोकीराखेको एक इलेक्ट्रिक स्कुटरमा आगलागी भएको छ ।
यहाँस्थित ट्वान्टी फर्स्ट रेष्टुरेन्टसँगै राकिराखेको बागमती प्रदेश ०२–०२७ प ९८५६ नम्बरको एसओसीओ (सोको) लेखिएको स्कुटरमा आगलागी भएको हो ।
आगलागीबाट स्कुटरको सम्पूर्ण भाग जलेर नष्ट भएको छ । स्कुटर जलिसक्दा पनि स्कुटरका धनी भने त्यहाँ आइपुगेका छैनन् । स्थानीहरूले आगो निभाउन प्रयत्न गर्दा झन् झन् आगो फैलिएको थियो ।