काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७ सय ५५ रुपैयाँ थियो । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य १६० रुपैयाँले घटेको हो ।