काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले जारी गरेको एनआईसी एशिया डिबेन्चर २०८३/८४ परिपक्व हुने भएसँगै धितोपत्र दोस्रो बजारको सूचीकरणसमेत खारेज हुने भएको छ ।
यस कम्पनीले ७ वर्ष अवधिको १० दशमलव २५ प्रतिशत ब्याजदर कायम गर्दै १ अर्ब ९४ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो ।
उक्त ऋणपत्र भदौ १० गते परिपक्क हुने भएको छ । कम्पनीले नेप्सेलाई ऋणपत्र परिपक्व हुने भएकाले दोस्रो बजारको सूचीकरण खारेजीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।