काठमाडौं । रसुवाको पासाङल्हामु सडकका विभिन्न स्थानमा पहिरो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पासाङल्हामु सडक खण्डको बेत्रावती–धुन्चे सडक सोले, बोकेझुण्ड लगायत विभिन्न ठाउँमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा गोसाइँकुण्ड जाने तीर्थयात्री तथा मानसरोवरतर्फ जाने यात्रुहरू रोकिएका छन् ।
सडकमा ठुला रुख ढलेको र पहिरो गएको स्थानीयले बताएका छन् ।
हाल प्रहरीले आवश्यक उपकरण ल्याएर चाँडै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।
