काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–०१, तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठहरूमा पूर्ण र आंशिक क्षति पुर्याएको छ ।
शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठहरूमा क्षति पुगेको हो । उक्त पहिरोबाट ६५ जना विस्थापित भएका छन् ।
उक्त पहिरोबाट कुनै मानवीय क्षति भएको छैन ।
पहिरोबाट पशुचौपाया तथा घरगोठहरू आंशिक तथा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।