काठमाडौं । नयाँ स्मार्टफोन मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ।
चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।
स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेड हरिओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले गरेका थिए। नयाँ मोटोरोला एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी–एलवाईटी ७१० क्यामेरा, मोटो एआई, ७,००० एमएएच ब्याट्री, ६८ वाट टर्बोपावर टीएम चार्जिङ, १४४ हर्जको १.५ के क्वाड–कभ्र्ड डिस्प्ले तथा ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ। फोनमा प्रिमियम फेब्रिक फिनिस र प्यान्टोन टीएमद्वारा छनोट गरिएका आकर्षक रङहरूमा उपलब्ध छन्।
यो स्मार्टफोन २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुवाती मूल्य ६९ हजार ९९९ रूपैयाँ तोकिएको छ। मोटोरोला एज ७० फ्युजन आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्नसक्ने कम्पनीको विश्वास छ।
मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ भने कम्पनीले बिक्रीसँगै व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।